हल्का वर्षा भएपछि त्रिवि क्रिकेट मैदान त्रिपालले ढाकिएकाे छ । एनपीएल ३ अन्तर्गत काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सबीचको खेल सकिएलगत्तै पिच ढाकिएको हो । आजको पहिलो खेल अन्तिमतिर आउँदा हल्का वर्षा सुरु भएको थियो ।
वर्षा हुन थालेसँगै अहिले मैदानमा त्रिपालले कभर गरेर राखिएको छ । आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने कार्यतालिका छ ।













