शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीको पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ ।
आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट गरिएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन गरिएको हो ।
‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ ९संशोधनसहित० को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएबमोजिम आयोगले प्राप्त कागजात र प्रमाणहरुको अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने गरी नतिजा प्रकाशन थालेको आयोगले जनाएको छ ।
नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो । गत वैशाख १८ गते जारी भएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बाट आयोगका पदाधिकारी रिक्त भएका थिए ।













