नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ। मंगलबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ।मंगलबार प्रतितोला तीन हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













