मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदी मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।













