मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा अडिएको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा अडिएको थियो।
नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएपनि कारोबार रकम भने सोमबार तुलनामा बढेको छ।

यसदिन ३५१ वटा स्क्रिप्सको १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १०४ वटाच स्टक्सको मूल्य बढ्दा १६७ वटाको घट्यो।
प्सेमा सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सगरमाथा जलविद्युत कम्पनीको सेयर सर्वाधिक १२.४४ प्रतिशतले बढ्यो। यसदिन स्नो रिभर्सको सेयर १५ प्रतिशतले घट्यो। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १२.८७ प्रतिशतले घट्दा एनआईसी एसिया सेलेक्ट फण्ड ३० को सेयर ५.२३ प्रतिशतले घट्यो।
घलेम्यादी हाइड्रो ३६ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। माउन्टेन इनर्जी नेपाल र कुमारी बैंकले २५/२५ करोडको सेयर कारोबार गर्दा रिलायन्स स्पिनिङ्स मिल्सले १२ करोड र लक्ष्मी सनराइज बैंकले १० करोडको कारोबार गरे।











