सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ४४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ४ हजार ४१५ रुपैयाँ कायम भएको छ ।











