घटस्थापनाका दिन सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ ।

चाँदीको भाउ अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँ रहेकोमा आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।











