सिन्धुपाल्चोक । व्यवसायिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका विदुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सहसचिवको जिम्मेवारीसम्म पुगेका छन्।
व्यवसायसँगै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका खड्का पछिल्लो समय राजनीतिमा आफ्नो सक्रियता बढाउँदै आएका छन्। स्थानीय स्तरका समस्या, सामाजिक सरोकार र युवाको सहभागितालाई प्राथमिकतामा राख्दै उनले राजनीतिक यात्रा अघि बढाएका हुन्।

व्यवसायिक अनुभवलाई राजनीतिक क्षेत्रमा समेत उपयोग गर्ने लक्ष्यसहित अघि बढेका खड्काको जिल्ला सहसचिवसम्मको यात्रा उनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका उनी अब जिल्लामा रास्वपाको संगठन विस्तार र राजनीतिक गतिविधिमा कस्तो भूमिका खेल्छन् भन्ने विषयमा चासो बढेको छ।
व्यवसायबाट सुरु भएको उनको यात्रा राजनीतिक जिम्मेवारीसम्म पुग्नुले स्थानीय स्तरमा सक्रिय युवाहरूको राजनीतिप्रतिको आकर्षणलाई समेत देखाउँछ। आगामी दिनमा खड्काले जनताका मुद्दा उठाउने र सामाजिक क्षेत्रमा योगदान पुर्याउने विषयले उनको राजनीतिक यात्राको दिशा निर्धारण गर्नेछ।











