आइतबार (हिजो) एकै दिन ११ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आज (सोमबार) भने प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।













