साधनश्रोत सामन्तको कब्जामा , ठुलीकान्छीहरुको बिजोक

काठमाडौं:- ठुली कान्छी दमाई उनी एक दलीत हुन भने उनी आर्थीक हिसाबले उनी धेरै पिछडीएकी निम्न परीवारकी श्रीमती हुन ।उनका ३ छोरा १ छोरी छन । छोराहरु भिन्दो भैसके भने छोरी बिबाह गरेर गैसकिन ।साथमा उनका श्रीमान गाईने दमाई छन ।गाईने गाउमै बजदुर गर्छन जसबाट आएको ज्यालाले बिहान बेलुकि खान पनी धौ-धौ हुने गर्दछ ।ठुलीकान्छी बिगत २ बर्षदेखी पाठेघरको क्यान्सर बोकेर भौतारीरहिन,दुईहात दुई खुट्टा नै टेकेर हिडडुल गर्ने अबस्था भयो ।दलीत संघ ,वडा कार्यलय ,स्वास्थ्य चौकी सबैतिर धाए गाईने दमाई तर कसैले सहयोग गरेनन ,आफु अस्पताल जाउ त उपचार नभई जाने आउने खर्च पनी छैन नजाउ क्यान्सरले मर्नभन्दा बाच्न गार्हो पार्यो उनलाई ।

हाम्रो यस युवा जागौ अभियानका अध्यक्ष सोनाम थापा ज्यु र हाम्रो यस युवा जागौ अभियानले बिभिन्न अभियानहरु चलाएर सामाजीक कामहरु र धेरैको उपचार मा हातेमालो गरेको सुनेर हामीसामु आखामा आसु ,पाठेघरमा ठुलो रोग र मनमा बाच्ने झिनो आशा लिएर आउनु भयो ।हामीले तुरुन्तै छलफल बोलायौ र ठुलीकान्छीको समस्याप्रती गम्भिर भएर लाग्यौ ।

छलफलबाट महिला आत्मनिर्भरता केन्द्र,वडा ९ का अध्यक्ष ,एम्बुलेन्सका लागी कदमबास स्वास्थ्य चौकी र बिभिन्न संस्थाहरुमा पहल गरेर अघी बढ्ने निर्णय भयो ।निर्णय पश्च्यात वडा प्रमुख बिमल श्रेष्ठ ज्यु ,श्वास्थ्य चौकी ,महिला आत्म निर्भरता केन्द्रको अध्यक्ष सारदा राणा र हाम्रै छिमेकी ,नेपाल सरकारको तत्तकालीन माननीय स्वास्थ मन्त्री मोहनबहादुर बस्नेत संग सम्पर्क गरेउ । वडा प्रमुख बिमल श्रेष्ठले हामीलाई सिफारीस उपलब्ध गराईदिनु भयो भने महिला आत्म निर्भरता केन्द्रको अध्यक्ष सारदा राणाले हामीलाई लाने लिउने एम्बुलेन्स को भाडा उपलब्ध गराईदिने प्रतिबद्धा दिनु भयो तर त्यो प्रतिबद्धता ,प्रतिबद्धतामै सिमीत भयो नत कुनै सहयोग पाईयो नत कुनै प्रतिबद्धता नै कायम भयो ।कदमबास स्वीस्थ चौकीमा पटकपटक एम्बुलेन्सको लागी पहल भयो तर तोकेको ५००० भनदा कम भाडादरमा कुनै सहयोग मिलेन । भने हाम्रा देशकै माननीय स्वास्थ्य मन्त्री नेपाली कांग्रेसका मोहन बहादुर बस्नेतले कांग्रेश सभापती दुर्गाराज गिरीलाई फोन गर्न लगाउनु हरेक कुरा पार्टिगत जानुपर्छ भन्ने मनसाय ब्यक्त गरेर पन्छिनु भयो ।हामी नेपाली कांग्रेस सभापती दुर्गाराज गिरी संग पनी सहकार्य गरीदिन आग्रह गरेउ तर जसलाई सहयोग गरेपनी परेको बेला केहि गर्दैनन भन्ने लज्जास्पक जबाफदिदै पन्छिनु भयो ।यस बाट पुष्टि हुन्छ की जातीय संघस्स्था ,लिंगिय संघसस्था ,सामाजीक सरोकारवाला हरु ठुलीकान्छी जस्ता कयौ आम जनता हरुको लागि गणतन्त्र निरर्थक साबित हुदैछ।राज्यले दिने सुबिधा आमजनताको पहुचमा छैन।जागीर नेताकै लागी छ।पहुज ठुला भनिनेहरूकै हातमा छ।औषधि उपचार महङ्गो छ सिफारीस ठुला कै पहुचमा छ। सामन्तवादलाई अन्त्य गरियो भनियो तर नयारूपको सामन्तवादको उदय भयो,तिनैले मुलुकको साधनश्रोत माथि कब्जा गरे र कयौ ठुलीकान्छीहरुको यो हालत छ ।

हामीलाई कोही निम्न परीवारको सदस्य बिमारी भए उपचार खर्च जुटाउन नसक्ने थला परे भने उपचारमा थप हुन्छ भनेर हामीलाई स्वर्गिय मान बहादुर गिरीका छोरा श्री कुमार गिरी ज्युले जापानबाट पठाउनु भएको हामी संग २६००० (छब्बीस हजार रुपैया ) थियो ।यो पैसाले हामीलाई उर्जा दियो अस्पताल लैजाउ चिकित्सक को सल्लाह लिउ र उपचार गरौ केही उपाय लाग्लाकी भनेर हामीले

धुलीखेल अस्पताल पुर्यायौ । सबै चेकअप गरीएपछी औषधीले ठिक हुने भन्ने रिपोर्ट आयो ।चिकित्सक को सल्लाह अनुसार घर लिएर आयौ तर त्यसको १/२ दिनमै ठुलीकान्छीको दुखाई समस्याले झन उग्ररुप लिन थाल्यो फेरी एम्बुलेन्स मा हालेर अस्पताल लग्यौ ।अब चिकित्सकको सल्लाह पनी अप्रेषन नै गर्नुपर्ने भयो ।अप्रेषनको लागी तत्काल २५००० रुपैया बुझाउन भनीयो तर हामीसंग प्रयाप्त रकम थिएन हामीले यस युवा जागौ अभियानका संरक्षक सबिन गिरीलाई सम्पर्क गरेउ उहाले कसैको जीवन बचाउनुनै सबैभन्दा ठुलो समाजसेवा हो भन्दै हौसला स्वरुप २५००० दिनु भयो । ठुलीकान्छी सुगरको पनी रोगी भएको कारण अप्रेषण ३ दिन पछीको लागी सारीयो । बिरामी मात्र नभई बिरामी निको नभईन्जेल कुरुवा पनी पाल्नु पर्ने जीम्मेवारी थियो साथै औषधी उपचार त छदै छ । हामीले पटक पटक बिभिन्न ब्यक्ती तथा संस्थाहरुसंग सम्पर्क गरेउ ।वडाबाट पाएको सिफारीस पनी अस्पतालमा जम्मा गरेउ तर सिफारीस त आखीर एक पन्ना खाली कागज जस्तै रहेछ कही बिकेन ।

हामीले सम्पर्क गर्दै जादा Love and Hope Nepal का अध्यक्ष शम्भु बिक संग जोडीयौ उहा हामीले सम्पर्क गरेकै भोलीपल्ट आउनुभयो र सहयोग स्वरुप १०००० (दश हजार ) दिनु भयो र गारो सारो परे फेरी पनी सहयोग गर्ने बचन दिएर जानु भयो तर उहा गएपछी फर्किएर आउनु भएन न त फोन सम्पर्कमै आउनु भयो ।अप्रेषण को ४ दिनपछी चिकित्सकहरुले घर लैजाने सल्लाह दिनुभयो । हामी काउन्टरमा गएर सबै हिसाबकिताब सकेर आउने र एम्बुलेन्स मा हालेर घर लाने सल्लाह अनुसार काउन्टर गयौ ।

काउन्टर मा फेरी झड्का लाग्यो हामीले तिर्नु पर्ने अझ ४०८९२ रपैया रहेछ तर हामी सॅग कुनै रकम थिएन । हामीले फेरी सबैतिर फोन घुमायौ तर कहीबाट केही भएन ।

कही कतै केही नभएपछी हाम्रो युवा जागौ अभीयानले नै बेहोर्नु पर्ने अबस्था आयो र सबै साथीहरुलाई खबर गरीयो र पैसा जुटाएर रोगी ठुलीकान्छी दमाईलाई घर ल्याईयो ।

१५ दिनको अन्तरालमा हामीले धेरै बुझ्यो जती नै संस्था भएपनी ,हाम्रा ठाउका जुनै मन्त्री भएपनी सबै पैसा र स्वार्थका लागी मात्रै रहेछन । सिफारीस हरु सबै खाली कागज मात्रै रहेछन ।

“हामी Helpless थियौ तर Hopeless भएनौ” र आज ठुलीकान्छी दमाईलाई बचाउन सफल भयौ ।

सफल भयौ भनीरहदा हामीले यस युवा जागौ अभियानका अध्यक्ष सनम थापा ,सचिव संखर भुजेल ,सदस्य राजबिराज गिरी ,संरक्षक सबिन गिरी किरण ,Love and hope संस्थाका अध्यक्ष सम्भु बि॰क र समाजसेवी कुमार गिरी सबै जनालाई धन्यबाद त दिनै पर्छ ।उहाहरुको ठुलो योदान ले नै आज ठुलीकान्छीले नयाजीवन पाएकीछिन भने गाईने दमाईको ओठमा बर्षौ पछी मुस्कान फिर्ता भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर