सिन्धुपाल्चोक –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलेफी गाउँपालिका–४ को वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अदमारा क्षेत्रमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ बनाउने सन्देश दिएको छ।
अधिवेशनबाट सभापतिमा कृष्ण बहादुर गुरुङ सर्वसम्मत चयन भएका छन्। त्यसैगरी उपसभापतिमा शेर बहादुर तामाङ, सचिवमा दुर्गा पौडेल, कोषाध्यक्षमा चिनीमाया तामाङ निर्वाचित भएका छन्।

सदस्यहरूमा शम्भु गुरुङ, छिरिङ तामाङ, देवि बहादुर गुरुङ, सिताराम ठकुरी र श्रीकृष्ण खड्का निर्विरोध रूपमा चयन भएका छन्।
कार्यक्रममा वक्ताहरूले स्थानीय तहमा रास्वपाको संगठन विस्तार, सुशासन प्रवर्द्धन तथा जनतामुखी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नव निर्वाचित नेतृत्वले पारदर्शिता, जवाफदेहिता र जनसेवामा केन्द्रित भएर काम गर्ने प्रतिवद्धता जनाउँदै आगामी दिनमा वडा स्तरमा पार्टी गतिविधि अझ सशक्त बनाउने बताएका छन्।














