सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी बलेफी गाउँपालिका वडा नं. ५ को वडा भेला बलेफी बजारमा सम्पन्न भएको छ। जिल्ला तहका नेताहरूको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले वडा समिति गठन गरेको हो।
भेलाबाट कोषाध्यक्ष पदमा बिमला पौडेल अधिकारी चयन भएकी छन्। पार्टी संगठनभित्र सक्रिय सहभागिता जनाउँदै आएकी अधिकारीलाई आर्थिक अनुशासन, पारदर्शिता र जिम्मेवार नेतृत्वको अपेक्षासहित उक्त जिम्मेवारी सुम्पिएको हो।

वडा भेलाले रमेश पौडेललाई वडा सभापति, मोहन सेवालाई उपसभापति तथा निमा तामाङलाई सचिवमा चयन गरेको छ। सदस्यहरूमा बसन्त नेपाल, रूपक नेपाल, लिलाबहादुर नेपाली र सरस्वती तिमल्सिना नेपाल रहेका छन्।
कार्यक्रममा वक्ताहरूले पार्टीको आर्थिक व्यवस्थापन पारदर्शी र विश्वासयोग्य हुनुपर्नेमा जोड दिँदै कोषाध्यक्षको भूमिकालाई संगठनको मेरुदण्डका रूपमा उल्लेख गरेका थिए। नव-निर्वाचित कोषाध्यक्ष बिमला पौडेल अधिकारीले पार्टीप्रति इमानदार भएर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।













