नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो। सोही निर्णयलाइ संसदीय दलको बैठकबाट अनुमोदन गरिएको हो।














