क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

बिहिवार त्रिवि क्रिकेट मैदानमा युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मान स्वरूप सरकारले ३/३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर