शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन ४ हजार ८०० र चाँदी २५५ रुपैयाँले घटेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ४ हजार ८०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य ३ लाख १ हजार कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० मा कारोबार भइरहेको छ। बिहीबार एक तोला चाँदी ४ हजार ८५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।








