सन्चालक / निर्देशक बिष्णु प्रसाद अर्याल र सह सन्चालक निक कार्कीको पहलमा स्थापना भएको Workconnex Global Recruitment ले अस्ट्रेलियामा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिलाई जोड्ने सेवा प्रदान गर्दै आएको छ। यो ससंथाले विगत एक वर्षदेखि सेवा दिंदै आइरहेको छ ।
Connecting Talents, Creating Future अर्थात् प्रतिभालाई अवसरसँग जोड्दै, भविष्य निर्माण गर्दै भन्ने सोचका साथ वर्ककनेक्सले मुख्यतः निर्माण (Construction), स्वास्थ्य सेवा (Healthcare) र आतिथ्य सेवा (Hospitality) गरी तीन क्षेत्रमा सेवा दिँदै आएको छ-‘ बिष्णु प्रसाद अर्यालले जानकारी दिए । कम्पनीले रोजगारदातालाई व्यवसायको आवश्यकताअनुसार योग्य उम्मेदवार खोज्न सहयोग गर्ने जानकारी सह सन्चालक निक कार्कीले दिए ।

साथै संस्थाले रोजगारी खोजिरहेका व्यक्तिलाई उनीहरूको सीप, योग्यता र अनुभवअनुसार उपयुक्त रोजगारदातासँग जोड्ने र अस्थायी तथा स्थायी कर्मचारी आवश्यक भएका व्यवसाय र नयाँ अवसर खोजिरहेका व्यक्तिबीच विश्वासिलो सेतु बन्नु वर्ककनेक्सको उद्देश्य भएको बताईएको छ । योग्य कर्मचारी खोजिरहेका रोजगारदाता वा उपयुक्त कामको अवसर खोजिरहेका व्यक्तिहरूलाई आफ्नो सस्थासंग जोडिन वर्ककनेक्सलै आह्वान समेत गरेको छ।
अस्ट्रेलियाभर रहेका नेपाली व्यवसायी तथा रोजगारी खोजिरहेका नेपालीहरूले पनि आफ्नो आवश्यकता र अवसरबारे बुझ्न कम्पनीसँग जोडिन सक्छन्।
वेबसाइट: www.workconnex.com.au इमेल: [email protected]








