बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढेको छ।नेप्से ०.४१ प्रतिशतले बढेर २६३३.७६ विन्दुमा बन्द भएको हो। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिन चार अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर पाँच अर्ब १३ करोड रूपैयाँ पुगेको छ।

यसदिन ३४२ वटा धितोपत्रको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १६३ कम्पनीको सेयरमूल्य बढेको छ भने ८९ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।













