नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ७०० रुपैयाँले महँगिएको हो।
मूल्यवृद्धिसँगै मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदी मंगलबार घटेर ३ हजार ६७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।













