स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार सोमबार सुन प्रतितोला दुई लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको छ।
आइतबार चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरेको चाँदी सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













