पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेको छ।नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्यो ।
भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन बनाइन् ।त्यसअघि श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको थियो ।

नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ रन बनाइन् ।






