बारामा जेनजीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा एमाले निकटक समूह प्रवेश गरी आक्रमण गरेको आरोपसँगै आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान सुरु गर्ने चेतावनी दिएका छन्। बाराका जेनजी संयोजक सम्राट उपाध्यायको नेतृत्वमा भइरहेको कार्यक्रममा कुटपिट भएको भन्दै गुरुङले गृहमन्त्रीको उदासीनता नै घटनाको कारण भएको आरोप लगाए।
गृहमन्त्रीले राजीनामा नदिए भ्रष्टाचार र हिंसामा संलग्नलाई नियन्त्रण गर्न नसक्ने भन्दै गुरुङले सरकारप्रति कठोर चेतावनी दिएका छन्। सोही दिन सिमरामा भएको प्रदर्शन र झडपपछि स्थानीय प्रशासनले कर्फ्यु समेत जारी गरेको थियो।






