नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्मा संसद्को सभाकक्षमा ढलेका छन् ।
उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके । केहीबेरपछि शर्मालाई बोल्न सभामुखले अनुमति दिए ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उक्त रक्तचाप देखिएको छ ।
‘त्यहीँ (संसद् सचिवालय) चेकचाँज गर्दा यस्तो देखिएको हो,’ गिरीले भने, ‘अहिले उहाँलाई सामान्य परीक्षणपछि वीर अस्पताल लगिँदैछ ।








