चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रूपैयाँ राजस्व संकलन गरेको छ । गएको वर्ष यो अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रूपैयाँ संकलन भएको महानगरले जनाएको छ । यो रकम ५ करोड ६५ लाख १० हजार ४९२ रूपैयाँ बढी हो ।
गएको वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रूपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्ष १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण गरिएको छ ।

चालू आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रूपैयाँ संकलन भएको छ । गएको वर्ष १ अर्ब ९९ लाख २ लाख ६७ हजार ६९५ रूपैयाँ संकलन भएको थियो । गत वर्षको तुलनामा यो २ करोड २० लाख ९१ हजार ९९५ रूपैयाँ कम हो ।
महानगरका अनुसार आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो । गएको वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रूपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रूपैयाँ संकलन भएको छ ।
यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ । गएको वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपियाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपियाँ असुली भएको छ । भवन नक्सा शुल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ । गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपियाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो













