स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार ८ सयले रूपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ।
बुधबार चाँदीको मूल्य पनि प्रतितोला ६० रूपैयाँले बढेको छ।चाँदी बुधबार तीन हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













