स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रूपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भएको छ।
आइतबार चाँदीको मूल्य पनि प्रतितोला एक सय ५० रूपैयाँले घटेको छ।शुक्रबार तीन हजार दुई सय ८५ रूपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।













