काठमाडाैँ। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिगकाे खेल तालिका सार्वजनिक भएकाे छ।आयाेजक नेपाल क्रिकेट संघ क्यानले साेमबार आगमी मंसिर एक गतेबाट सुरु हुने गरि सिजन टु काे खेल तालिका सार्वजनिक गरेकाे हाे।
उक्त तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता जनकपुर वाेल्सले काठमाडाैँ गुर्खाज भिड्ने भएका छन्। उक्त दिन एक खेल मात्रै रहेकाे छ भने खेल ४ बजेबाट सुरु हुनेछ। यस्तै खेल फ्लडलाइडमा हुनेछ।

दाेस्राे दिन दुई खेल हुनेछ भने तेस्राे, चाैथाे र पाँचाैँ दिन पनि समान एक खेल हुनेछ। दिनमा दुई खेल हुँदा पहिलाे खेल ११ ४५ तथा दाेस्राे खेल ४ बजेबाट सुरु हुनेछ। यस सिजन पनि अघिल्लाे सिजनकाे जस्तै आठ टाेलीकाे सहभागिता रहेकाे छ।
दाेस्राे दिन चितवन राइनाेज र कर्णाली याक्स तथा बिराटनगर किंग्स र पाेखरा एभेन्जर्स भिड्नेछ।यस्तै, प्रतियाेगिताकाे फाइनल खेल मंसिर २७ गते हुनेछ।













