डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ बाट विद्युत् उपभोग गरेको बारा सिमराको अशोक स्टिलले बक्यौताको पहिलो किस्ता तिरेको छ ।
अशोक स्टिलको यस्तो बक्यौता महसुल १७ करोड ५८ लाख रुपैयाँ बराबर छ । उद्योगले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो ।

मरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिजले प्रिमियम महसुल बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।
उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापत प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजारको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ ।






