काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वका विभिन्न देश तथा सहरहरूमा बसोबास गर्ने नेपालीहरूका लागि यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ।
यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको घोषणा गरिसकेको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वभरका सनातन धर्मावलम्बीहरूको सुविधाका लागि स्थानीय समयअनुसार टीका लगाउने उत्तम समय निर्धारण गरेको हो। समितिका अनुसार, यस वर्ष धेरै देशमा अक्टोबर २२ वा २३ (कात्तिक ५ वा ६ गते) मा भाइटीका लगाउन शुभ साइत जुरेको छ।
कुन सहरको शुभ साइत कहिले ?














