काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा जेनजी आन्दोलनका नाममा स्थानीय समूहले भोटेकोशी पावर कम्पनीसँग सम्झौता गर्दै १० प्रतिशत शेयर प्राप्त गरेको छ।
‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ नामक समूहले ४५ मेगावाट क्षमताको अपर भोटेकोशी जलविद्युत आयोजनाको काम एक महिनादेखि बन्द गराउँदै नि:शुल्क १० प्रतिशत शेयर माग गर्दै आएको थियो।

आइतबार कम्पनी र स्थानीय समूहबीच सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ। सम्झौता अनुसार कम्पनीले आफ्ना शेयरमध्येबाट १० प्रतिशत शेयर प्रभावित स्थानीयहरूलाई दिने भएको छ।
















