काठमाडौं । तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि संघीय राजधानी काठमाडौंका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ ।
यसपटक तिहार आगामी २ कात्तिकदेखि सुरु हुँदै छ ।असन, इन्द्रचोक, न्युरोड, बानेश्वर, कोटेश्वरलगायत स्थानमा दियो, झिलीमिली बत्ती, माला, भाइमसला, ढाकाटोपी, लुगा र मिठाई किन्ने ग्राहकको भीड देखिएको छ ।

व्यापारीहरूका अनुसार तिहारका लागि सामान किन्न उपभोक्ताको चाप दैनिक रूपमा बढ्दै गएको छ । विभिन्न पसल र सपिङ सेन्टरहरूले छुट र अफरसहित बिक्री सुरु गरेका छन् ।
साँझपख बजारहरू झनै रौनकिला बनेका छन् भने फुटपाथमा पनि तिहारका सामग्री सजाएर बिक्री भइरहेका छन् । व्यापारीहरूले तिहारसँगै चिसो बढ्न थालेकाले जाडोका कपडाको व्यापार पनि बढेको बताएका छन् ।







