स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन सोमबार दुई लाख १७ हजार ८ सय रूपैयाँ पुगेको छ।

सोमबार चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले बढेको छ।
चाँदी सोमबार २६ सय ५० रूपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













