नेपालीहरुको महान् चाड दशैँको अवसर पारेर गायक सुरेश बाग्दासको ‘हाँसो खुसी छाउँदैछ मनमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। अन्य दशैँ गीतहरुमा प्रायः देखिने दुख र पीडाको भावभन्दा फरक यस गीतले दशैँको उमङ्ग र खुसीलाई चित्रण गरेको छ।
सुरेश बाग्दास र शारादा रसाइलीको आवाज रहेको यस गीतमा सुरेश बाग्दासको लय र अशोक कुमार सापकोटाको शब्द रहेको छ। यसअघि पनि थुप्रै गीतहरू सार्वजनिक गरिसकेका गायक बाग्दासले यस गीतलाई पनि दर्शक र स्रोताले मन पराउने विश्वास लिएका छन्।

बल बहादुर मगरले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा कृष्ण थापा मगर, सहदेव सुनार, कमल तामाङ, निकेश राई, रबिन नेपाली, सुबाश बोहरा, दिलु थापा मगर, अनिता श्रेष्ठ, करिना पुन मगर, सबिना लामा, पुष्पा खाती र अम्बिका योगीको जीवन्त अभिनय देख्न सकिन्छ।
भिडियोलाई सन्तोष तिमल्सिनाले छायांकन गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन्। यो गीत सुरेश बाग्दासको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।




