सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ ।
अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ ।

चाँदी प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदी तोलामा २ हजार ५९५ रुपैयाँ पुगेको छ ।













