आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
गत सातादेखि नै नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेकाे छ।
शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।













