स्थानीय बजारमा सुनको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला तीन सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ९७ हजार दुई सय रूपैयाँमा कारोबार भएको छ ।

आइतबार चाँदीको मूल्य भने बढेको छ। आज एक तोला चाँदीको मूल्य २३ सय ५५ रूपैयाँ तोकिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













