बजारमा सुनको भाउ बढेको छ। शुक्रबार बजारमा सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ।
अघिल्लो दिनको तुलनामा यो प्रतितोला ४ सय रूपैयाँले बढी हो।

शुक्रबार प्रतितोला २३ सय १० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला २२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













