नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्न सफल भएको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् बिक्रीसहित १ खर्ब ३८ अर्ब ८७ करोडको कारोबार गरेको छ । भने सो समयमा ९ अर्ब ६ करोड ७० लाख (करअघिको) नाफा कमाएको छ ।

प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा बोल्दै शाक्यले देशभर भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ती गराउँदै सेवा सुदृढीकरण गरिरहेको बताए।
विगतका उपलब्धिहरूको समीक्षा, वर्तमान चुनौतीहरूलाई सम्बोधन र नेपालको प्रगतिमा सशक्त योगदान दिन प्रतिवद्धता गर्ने अवसर मिलेको उनले बताए।
वितरण प्रणालीको सुदृढीकरण र ग्राहकसम्म विद्युत पुर्याउने संरचनाको विकासमा जोड दिएको उनको भनाइ छ।













