काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाउँदै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७७ रुपैयाँमा बिक्री हुनेछ भने डिजेल र मट्टितेल १५४ रुपैयाँमा पाइनेछ। निगमले इन्डियन आयल कर्पोरेशनबाट प्रत्येक १५ दिनमा प्राप्त खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्ने नीति लागू गर्दै आएको छ।














