नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।
मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय २५ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला प्रतितोला २० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













