काठमाडौं । मंगलबार सेयर बजारको अंक २८ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २६.२२ अंक घटेको छ ।
सो गिरावटपछि नेप्से २७९६ अंकमा कायम भएको छ । बजार खुलेपछि १५ मिनेटसम्म सम्हालिए पनि त्यसपछि लगातार रातो अंकमा रह्यो । २४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब २१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९१ करोडमा सीमित भयो ।
होटल तथा पर्यटन बाहेक सबै समूहका सूचक घटेका छन् ।













