नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रकर्ड बनाइरहेको सुनको मूल्य आज फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

उक्त दिन सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँ पुगेको छ।
शुक्रबार चाँदी प्रतितोला दुई हजार तीन सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













