सेयर बजारमा मंगलबार नौ अर्ब कारोबार, नेप्से ४१ अंक घट्यो

काठमाडौं । मंगलबार सेयर बजार ४१.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८३४ मा झरेको छ । कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २९०५ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिमसम्म रातो रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३३ करोडको भयो । ४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, ट्रेड टावर, शिवम् सिमेन्ट, बुटवल पावर र ङादी ग्रुप क्रमशः अगाडि रहे ।

प्रतिक्रिया
सम्बन्धित खवर