काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार आज सोमबार सम्हालिएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ८.६२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २८६७ अंकमा कायम भएको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार १६ अंक बढेको थियो ।
आजको कारोबारका क्रममा बजार केही उतारचढावमा रह्यो । दिउँसो १ : १२ बजे न्यूनतम २८३३ अंकसम्म बजार झर्यो भने २ : ३४ बजे अधिकतम २८८९ अंकसम्म पुग्यो ।

तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।













