नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













