नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।
सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी मंगलबार प्रतितोला दुई हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













