काठमाडौं । डेनमार्कको राजधानी कोपेनहेगनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको आयोजनामा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’ सुरु भएको छ। नेपाली राजदूत सुम्निमा तुलाधरले उद्घाटन गरेकी उक्त कार्यक्रम युरोपका प्रगतिशील शैक्षिक अभ्यास नेपाली शिक्षाका लागि लाभदायक हुने बताइन्।
प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा ५४ जना विद्यालयका प्रतिनिधि सहभागी छन् भने सेमिनार ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको हो। प्याब्सनका पूर्वअध्यक्ष डीके ढुंगानाका अनुसार टोलीले डेनमार्कपछि स्विडेन र फिनल्यान्ड भ्रमण गर्नेछ, जहाँ विशेष शैक्षिक सेमिनारसमेत हुनेछ।

कार्यक्रममा सञ्जीव भट्टराई र प्रकाश खड्काले सहजीकरण गरेका थिए। सुनसरी जिल्ला बाट कार्यक्रममा सहभागी हुन प्याब्सन सुनसरी जिल्ला अध्यक्ष थानेश्वर ढकाल , सुबास तामाङ, दिनेश बुढाथोकी, निश्चल राज शाक्य , रिता भुसाल समेतको सहभागीता रहेको टोली जुलाई २२ मा काठमाडौंबाट प्रस्थान गरेको हो भने जुलाई ३१ मा फर्कने कार्यक्रम छ।













