मंगलबार पनि सुनको मूल्य बढेको छ।सुन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रूपैयाँ पुगेको छ।
सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८७ डलर पुगेको छ। चाँदीको मूल्य प्रतिऔंस ३८.७९ डलर पुगेको छ।













