कांग्रेस नेता किशोरसिंह राठौरले सभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
सभापतिका लागि राठाैरसँगै गगन थापा र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएका छन् ।

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै आएका थिए।
राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापासँग अब श्यामकृष्ण खड्कीले प्रतिस्पर्धा गर्ने भएका छन्।








