बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ ।

चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।











