नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेलको सम्भावना नरहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले २३ र २४ भदौको घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने बताएका हुन् ।

‘तालमेलको गीत गाइरहने कुरा हो। तर अहिले तत्काल यसो तालमेलको भइहाल्ला भन्ने सम्भावना म देख्दिनँ । फेरि पनि राजनीति भनेको चाहिँ असम्भव-सम्भवको खेल पनि हो हैन । दुई चार दिनभित्र सबै कुरा परिस्थिति निर्माण भएर नेकपा र नेकपा एमाले बीचमा तालमेल हुन्छ कि भन्ने तपाईंको आशंका छ । यो हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय पनि होइन राजनीतिमा । तर आजको दिनमा चाहिँ हामीले हेर्दा खेरि के देखिन्छ भन्दा खेरि हामी भदौ २३ र २४ गतेको जुन बिस्फोट भयो । त्यसबाट जुन परिवर्तन आयो । त्यसलाई प्रतिगमन भन्छौं प्रतिक्रान्ति भन्छौं । आजसम्म नेकपाले त्यसलाई प्रतिक्रान्ति भनेको छैन । प्रतिगमन भनेको छैन । क्रान्तिकारी काम भयो भनेको छ । लोकतान्त्रिक चाहिँ अभ्यास भयो भनेको छ । त्यसकारण उहाँहरूको अहिलेको डिपार्चर र पोलिसको डिपार्चर र हाम्रो डिपार्चर चाहिँ उत्तर-दक्षिणमा छ । एन्टी करेन्ट गइराख्या छ । एन्टी डिक्लेसन गइराख्या देखिन्छ । त्यसकारण त्यो हिसाबले गर्दा खेरि मैले सम्भावना धेरै देख्दिनँ,’ ।
अहिले कांग्रेसले पनि एक्लै चुनाव लड्ने भनिरहेको अवस्थामा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने उनले बताए ।






